नियम ११९
नगद मौज्दात राख्न सकिने
(१) कार्यालयले दैनिक रूपमा गर्नु पर्ने सानातिना खर्चको लागि केन्द्रीय स्तरका कार्यालयहरूले पच्चीस हजार रूपैयाँसम्म र अन्य कार्यालयहरूले पन्ध्र हजार रूपैयाँसम्म कुनै कर्मचारीको नाममा पेश्की जनाई नगद मौज्दात राख्न सक्नेछ । यसबाट खर्च भएको रकमको विल भरपाई पेश गरी शोधभर्ना लिनु पर्नेछ । प्रत्येक वर्षको आषाढ २५ गते भित्र बाँकी रहेको नगद मौज्दात बैङ्क दाखिला गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा उल्लेख भए बमोजिमको मौज्दातबाट काम नचल्ने भएमा महालेखा नियन्त्रक कार्यालयको स्वीकृति लिई नगद मौज्दात राख्ने हद बढाउन सकिनेछ ।